२०८३ असार २७ गते शनिवार

गोरुले हान्दा एकजनाको मृत्यु

तुलसीपुर,फागुन १४ । तुलसीपुरमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर-७ जमेरा निवासी ७१ बर्षिय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिए ।

उनका अनुसार चौधरीले आफ्नै घरमा आफ्नै गोरुलाई पानी खुवाउने क्रममा सोही गोरुले हान्न गई घाइते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार गर्न ल्याएको थियोे ।

उपचारका क्रममा चौधरीको सावाँ नौ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको ढाड, पेट र दुवै हातमा चोट लागेको थियोे ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *