दाङ, फागुन १३ । रोल्पामा श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।
रोल्पाको त्रिवेणी गाउँपालिका – ६ धुम्काका ४० बर्षीय खिमबहादुर बुढा मगरले मंगलबार बिहान खुकुरी प्रहार गरि श्रीमतिको हत्या गरेका थिए ।
घरासयी बिबादका क्रममा आवेगमा आइ खिमबहादुरले आफ्नै ३२ बर्षीया श्रीमति अस्मिता बुढा मगरलाई घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहार बाट अस्मिताको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । घरमा श्रीमान – श्रीमति र उनका बालबच्चाहरु बस्दै आएको प्रहरीले बताएको छ ।
गाउँलेको सूचना पछि इलाका प्रहरी कार्यालय होलेरीबाट पुगेको प्रहरी निरीक्षक सरोज प्रजापतिको कमाण्डमा पुगेको ६ जनाको टोलीले हत्या आरोपी खिमबहादुरलाई पक्राउ गरेको थियो ।
अस्मिताको हत्या घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार