दाङ, फागुन १३ । सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा परि रोल्पाका चालकको घटनास्थलमै मृत्यु भएको छ ।
रोल्पाको गंगादेव गाउँपालिका– ३ झारमङ्ग्राका ३५ वर्षीय चालक हरि चन्दको मध्य राति मिनी ट्रक दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चन्दले चलाएको रा १ क ५३० नम्बरको खाली मिनी ट्रक सोमबार राति ११ ः ५५ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका – १ फारुवाबोट नजिकै दुर्घटनामा परेको थियो ।
ट्रक रोल्पाको झ्यामबाट सल्यानको दमाचौर तर्फ जाँदै थियो ।
मिनी ट्रक सडकदेखि ५० मिटर तल खसेको थियो ।
दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार

