२०८२ बैशाख ७ गते शनिवार

बिद्यालयको अध्यक्ष बनेपछि कृष्णबहादुर खड्कालाई बधाइ

तुलसीपुर, फागुन १३ । तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरस्थित गुरु जजुर नमूना माध्यमिक विद्यालयले नयाँ नेतृत्व पाएको छ ।


बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा स्थायी कृष्णबहादुर खड्का सर्बसम्मत चयन भएका हुन । तुलसीपुरका मेयर टीकाराम खड्का लगाएतका बक्ताहरुले आइतबार विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित पदाधिकारीलाई धन्यबाद दिनुका साथै विद्यालयको शैक्षिक अवस्था सुधारका लागि पहल गर्न आग्रह गरेका थिए ।

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरका सभापति सुरेश हमालले गत मंसिरमै खड्काको नाम पार्टीका तर्फबाट पठाएका थिए ।

दाङ जिल्ला निर्माण ब्यबसायी संघका उपाध्यक्षसमेत रहेका खड्काको पक्षमा पार्टीको जिल्ला तथा क्षेत्रीय नेतृत्वपनि सकारात्मक थियो ।

बिगतमा शंकर पौडेल नेपाली काँग्रेसको तुलसीपुर नगर इकाइ सभापतिमा निर्वाचित हुँदा अध्यक्ष खड्का सदस्य पदमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरि निर्वाचित भएका थिए । त्यसपछि उनी खासै राजनीतिमा सक्रिय रुपमा उत्रिएनन् । बरु ब्यबसायमा सक्रिय भए ।

हाल खड्का अध्यक्ष भएको रक्षाचौरस्थित गुरु जजुर नमूना माध्यमिक विद्यालयल तुलसीपुर क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक संस्था हो । जहाँ हाल तीन हजार बढी बिद्यार्थी अध्यनरत छन् ।


त्यो बिद्यालयमा ब्यबस्थापन समितिको अध्यक्षमा खड्का सर्वसम्मत भएपछि उनलाई धेरै ब्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
अध्यक्ष खड्को युवा माझ लोकप्रिय छबी छ । खड्का विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा ३ बर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएपछि उनका शुभचिन्तकहरुले तुलसीपुरस्थित ‘द पार्क क्याफे’ मा उनलाई बधाइ दिएका छन् ।

अभिर र खादाले सम्मान गर्दै अध्यक्ष खड्कालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।


शुभकामना दिनेहरुले नमुना मावि रक्षाचौरले हालसम्म प्राप्त गरेको शैक्षिक सफलतामा थप नमुना कार्यगर्न सल्लाह दिएका छन् । बिद्यालयको शैक्षिक उन्नयनमा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गरि विद्यालयको प्रतिष्ठा तथा शैक्षिक उपलब्धि थप उपचाइमा पुर्याउन आग्रह गरेका छन् ।


अध्यक्ष खड्काले पनि शिक्षक, अभिभावक, बिद्यार्थीका साथै सामाजिक रुपमा विद्यालयको उन्नयनका लागि प्राप्त हुने सुझाबलाई आत्मसाथ गर्ने बताएका थिए ।

अध्यक्ष खड्कालाई तुलसीपुर – १४ का वडाध्यक्ष शंकर खड्का, तुलसीपुर चेम्बर अफ कमर्षका उपाध्यक्ष मञ्जित बाँठा मगर, काँग्रेस नेतृ बेनु अधिकारी, तुलसीपुरस्थित एसएस एफएका संस्थापक अध्यक्ष सुधिर गुरुङ, नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पदम बस्नेत, पूर्व प्रशिक्षक वशन्त गिरी (नेत्र), नेकपा एमाले निकट अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष बिरबल खड्का, काँग्रेस निकट नेपाल तरुण दलका तुलसीपुर नगर उपसभापति केशबराज भुसाल, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, निर्माण ब्यबसायी संघका जिल्ला सदस्य शरद योगी, नेकपा माओबादी केन्द्रका युवा नेता बिष्णु चौधरी, सभिल इञ्जिनियर रञ्जित बुढाथोकी, पूर्व शिक्षक तथा काँग्रेसका युवा नेता सुन्दर रोका, माओबादी निकट पत्रकार संगठन प्रेस संगठन नेपाल तुलसीपुरका अध्यक्ष टेकराज भण्डारी लगाएतले सफल कार्यकालको बधाइ तथा शुभकामना दिएका थिए ।

अरु को को छन् समितिमा

खड्का नेतृत्वको विद्यालय ब्यबस्थापन समितिमा पूर्णबहादुर रावल, गौसरा खड्का, रामप्रशाद खनाल नेकपा माओबादी केन्द्रका तर्फबाट छन् । त्यस्तै नेकपा एमालेबाट वशन्ता सापकोटा सदस्य छिन भने नेकपा (एकीकृत समाजबादी) को तर्फबाट डिला परियार सदस्य छिन् ।


शिक्षक प्रतिनिधि गोपाल बुढाथोकी छन् भने पदेन सदस्यमा वडाध्यक्ष तुल्सी थापा मगर र बिद्यालयकी प्राध्यानाध्यापक बिष्णुकुमारी केसी छिन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *