२०८२ कार्तिक २२ गते शनिवार

प्यूठानका रामबहादुर र हुकुमा परियार दम्पतीको हत्यामा प्रयोग भएको घन बरामद

दाङ, फागुन ११ । प्यूठानका रामबहादुर र हुकुमा परियार दम्पतीको हत्यामा प्रयोग भएको घन प्रहरीले बरामद गरेको छ ।

जिल्लाको माण्डवी गाउँपालिका–२ रातामाटे ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घर भित्रै हत्या भएको अवस्थामा शबहरु फेला परेका थिए ।


परियार दम्पती घरमा एक्लै बस्दै आएका थिए । परियार दम्पती खेती किसानी गरि गाउँमा बस्दै आएका थिए । उनीहरुको आर्थिक अवस्था सामान्ने रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

परियार दम्पतीका चार छोरा रोजगारीको सिलशिलामा छिमेकी देश भारतमा बस्दै आएको र दुई छोरी बिबाह भइ दाङ तिर बस्दै आएको भन्ने खुलेको प्रहरीले यसअघि नै जानकारी दिइ सकेको छ ।

प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले परियार दम्पतीको हत्यामा प्रयोग भएको घन घरदेखि ५० मिटर पूर्वबाट बरामद भएको जानकारी दिए ।


रगत लपपतियएको घन घन बरामद भइ सकेको हुँदा परियार दम्पतीको हत्या घन प्रहार बाट भएको पुष्टि भएको पनि प्रहरीले बताएको छ ।


शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि छिमेकी परियारको दम्पतीलाई बोलाउन गएका थिए ।


बोलाउँदा कोही चालबास नगरेपछि छिमेकीले हेर्दा परियार दम्पती आफ्नै घरको कोठा भित्र लडेको अवस्थामा देखेपछि प्रहरीलाई सूचना दिइएको थियो ।

प्रहरीका अनुसार परियार दम्पतीको शरिर तथा टाउकोमा घन प्रहार बाट गम्भीर घाउ तथा चोटहरु लागेको देखिएको छ ।
घटना अनुसन्धान गर्न प्रहरीले भैरहवाबाट तालिमप्राप्त कुकुरपनि ल्याएको छ । प्रहरीले स्थानीय केही संकित ब्यक्तिहरुलाई बोलाएर सोधपुछ तथा घटना अनुसन्धान गरि रहेको छ ।

घटना अनुसन्धानका लागि डिएसपी बस्यालसहितको प्रहरी टोली शनिबारदेखि घटनास्थलमा खटिदै आएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *