तुलसीपुर, फागुन ११ । शनिबार तुलसीपुर उपमहानगरपालिकामा प्रदेशसभा संग स्थानीय सभाको कानुन निर्माण सम्बन्धी सहकार्य कार्यक्रम भएको छ ।
प्रयोगत्मक अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेशसभा सचिब दुर्लभ पुन मगरले नगर प्रमुख खड्कालाई सभामुखको भूमिका तोकेका थिए भने सम्पूर्ण नगर सभाका सदस्यहरु सभासदको जिम्मेवारीमा थिए ।
जस्मा बिभिन्न बिषयगत बिद्येकहरु निर्माण गर्दा सदनको जस्तै नगरका सदस्यहरु संसदमा जस्तै पक्ष र बिपक्षमा हुन्छ वा हुन्न भन्ने भूमिका निर्वाह गरेका थिए ।
त्यस्तो अभ्यास झन्डै पाँच घन्टा चलेको थियो । लामो छलफल नियाल्दै शान्त बसेका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अन्तिमा आफ्नो मनतब्य राखेका थिए ।
सभामुख घर्तीले प्रयोगआत्मक कानुन निर्माणको अभ्यासमा तुलसीपुरका मेयर टीकाराम खड्काले नास्ता खुवाउँदै बिभिन्न कानुन पास गर्न छुट दिएको दृष्य अनुशासनहिन भन्दै आलोचना गरेका हुन ।
सभामुख घर्तीले सभभामुखको भूमिका निर्वाह गर्दा मेयर खड्काले आफ्ना नगरसभा सदस्यहरुलाई बढी लोकतन्त्र प्रदान गरेको तथा बढी स्वतन्त्र छोडेर अराजक बन्न दिएको टिप्पनी गरेका हुन ।
‘माननीय सदस्यहरु नगरसभा भित्र कुनै पनि बुँदाको पक्ष बिपक्षमा छलफल भइ रहँदा तपाँइहरुमा हुनुपर्ने अनुशासन मैले पटक्कै देखिन,’ सभामुख घर्तीले भने ‘ मैले चलाउने प्रदेशसभामा यस्तो हुँदैन, त्यहाँ माननीय सभासदहरुले सास फेर्न मात्रै छुट पाउनु हुन्छ । मोवाइल हेर्न वा साउती गर्नपनि पाउनु हुन्न । तर, यहाँ त यस्तो दृष्यपनि मैले देखे जहाँ सभामुखको भूमिका निर्वाह गरेका मेयर खड्काले खाजा खाँदै बिभिन्न बुँदाहरु माथि छलफल गराउँदै पास गर्न लगाउनु भयो ।’
सभामुख घर्तीले आँफुले एक दिन कोट नलगाइ आएका एक जना प्रदेशसभा माननीयलाई बैठकमै बस्न नदिएको कुरापनि गरे ।
‘गर्मी दिन छ भने हाफ कोट लगाएर आउन पाइन्छ, अझ त्यो पनि भित्र एसी चलकै हुन्छ ,’ उनले भने ‘तर, कोटै नलगाइ संसदमा आउन छुट कसैलाई हुँदैन । मैले उहाँलाई कोट लगाएर मात्रै भित्र आउन भनेपछि उहाँ कोट लगाइ आउनु भएको हो ।’
कोट नलगाएका माननीयलाई मर्यादा पालकले संसद भवन भित्रै छिर्न नदिन उनले बताए ।
आँफै नियममा नबस्ने र मर्यादामा नबस्नेले माननीयले बनाउने कानुन कस्तो हुन्छ होला ? भनेर प्रश्न गरेका उनले त्यो अनुशासन आँफुले तुलसीपुरको नगरसभामा पटक्कै नदेखेको बताएका थिए ।
नगरसभा सदस्य र प्रदेशसभा सदस्य सबै एकै भएको हुँदा सबैले अनुशासनको पूर्ण पालना गर्नुपर्ने भएपनि कानुन निर्माण सम्बन्धी सहकार्य कार्यक्रममा अनुशासन नदेखेको कुरा सभामुख घर्तीले चर्कौसैलीमा ब्यक्त गरेका थिए ।
राजनीति गर्नेहरुले भोलिको थप माथि जाने सपना देख्न सक्नु पर्ने भन्दै भविश्यमा प्रदेशसभा र संघमा जाँदै यस्तै हर्कत नदेखाउन सभामुख घर्तीले आग्रह गरेका थिए ।
‘ तपाँइले देख्नु भएकै होला राष्ट्रियसभामा लेखेर लगेको बिषयपनि पढ्न नसक्ने हैसियतका माननियहरु हुनुहुन्छ,’ उनले भने ‘ तपाइहरु त्यस्तै कमजोर माननीय हुने कि अध्यनसिल र सशक्त रुपमा कुरा राख्ने माननीय हुने , यसरी तपाँइको राजनीति अगाडि बढ्दैन ।’
उनले अध्यन र ज्ञान बिना कपी पेष्टको संस्कृति विकास हुने भन्दै कानुन बनाउँदा अर्कैै प्रदेशको कानुन कपी पेष्ट भइ कानुनका रुपमा आउनुलाई उदाहरणका रुपमा प्रस्तुत गरेका थिए ।
अहिलेको मुलुकको राजनीतिक अस्थितरा संसदीय प्रणाली र अभ्यासका कारण भइ रहेको भएपनि स्थानीय सरकार पाँच बर्षका लागि निश्चित भएको हुँदा यसैगरि प्रत्यक्ष रुपमा चुनियए आउने बिधि प्रदेश र केन्द्रमा पनि कायम हुनुपर्ने उनले बताएका थिए ।