२०८२ बैशाख ७ गते शनिवार

तुलसीपुर सुनचाँदी ब्यबसायी संघका पदाधिकारीको पदभार ग्रहण

तुलसीपुर , फागुन १० । तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघका नयाँ पदाधिकारीले शनिबार पदभार ग्रहण गरेका छन् ।

तुलसीपुरको कराइ इभेन्ट स्पोर्ट रेष्टुरेण्टमा आयोजित एक समारोहका बीच फागुन ३ गते सर्वसम्मत रुपमा हरिकृष्ण बिकको नेतृत्वमा १६ सदस्य नयाँ कार्य समिति चयन गरिएको थियो ।


समितिको उपाध्यक्षमा द्धय मनोज शाह र पुष्कर सुनार, महासचिवमा तुलसीराम सुनार, कोषाध्यक्षमा लोकेन्द्र वली – लिलाबहादुर वली),सचिवमा मोहनलाल कामी र सहकोषाध्यक्षमा कोमल डिसी रहेका छन् ।


त्यस्तै कार्यसमितिको सदस्यहरुमा हिरालाल सुनार, जनककुमार शेर्पाइली, मोहन बिक, पर्शुराम सुनार, भुपेन्द्र सुनार, शान्ताकुमारी बिक, शुष्मा बिक, पूजा रसाइली र मनिषा शाह रहेका छन् । त्यस्तै समितिको मानार्थ सदस्यमा मदन केसीलाई चयन गरिएको छ ।


नयाँ कार्यसमितिलाई निर्वाचन समिति संयोजक मधुसुधन गौतमले सामुहिक रुपमा सपथ खुवाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष मोहन सुनारले संगठित र एक ढिक्का भएर ब्यबसायीका समस्या समाधान गर्नमा जोड दिए ।
ब्यबसायी भित्र थुप्रै समस्याहरु रहेको र ती समस्या समाधानका लागि राज्यले पहल गर्नु पर्ने उनले बताएका थिए ।


कार्यक्रमलाई महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि दियाली, केन्द्रीय कोषाध्यक्ष सुदीप श्रेष्ठ, लुम्बिनीका अध्यक्ष धुर्वराज गहतराज, सुदुरपश्चिम अध्यक्ष सञ्तोष लामिछाने, दलित नेता जोगेन्द्र बिश्वकर्मा, दलित अधिकारकर्मी निर्मल नेपाली लगाएतले नयाँ समितिलाई बधाइ दिनुका साथै सफल कार्यकालको शुभकामना दिएका थिए ।


कार्यक्रकमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *