तुलसीपुर,फागुन १० । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले चलचित्र क्षेत्रकाे विकासका लागि आफुले सहयाेग गर्ने बताएका छन ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको
१६ औं वार्षिक साधारणसभा तथा सम्मान एबम पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले हरेक क्षेत्रकाे विकासका निमित्त आफु तत्पर रहने भन्दै उनले विकासको काममा सधैं अगाडि रहने प्रतिवद्दता ब्यक्त गरे ।
चलचित्रकाे आफ्नै महत्व रहेको भन्दै उनले कुनै पनि जातिकाे उत्थान, संस्कृतिका बिषयमा चलचित्र निर्माण गर्नुपर्ने र विभिन्न जातजातिको सस्कृतिलाइ चलचित्र मार्फत उतार्नुपर्ने बताए ।
उनले थारु समुदायकाे चलचित्र निर्माण गरेमा आफनाे तर्फबाट भरपुर सहयाेग गर्न तयार रहेकाे समेत बताए ।
उनले दाङलाई कलाकार उत्पादन गर्ने क्षेत्रका रुपमा विकास नगर्दासम्म चलचित्र क्षेत्रको विकास नहुने समेत बताए । स्थानिय मेला महाेत्सवमा पनि धेरै भन्दा धेरै स्थानिय कलाकारले स्थान पाउनुपर्ने कुरामा जाेड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पाेख्रेेलले रंग क्षेत्र राष्ट्रिय गाैरवकाे क्षेत्र भएकोले याे क्षेत्रमा कलम चलाउन चासाे देखाउनुपर्ने बताए ।
चलचित्रले समाजका यथार्थ घटनाहरू पर्दामा उतारेर दर्शकसम्म पुर्याउने काम गर्ने भएकाले यसले हरेक क्षेत्रकाे सम्बर्दन र प्रबन्द्दन गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य ध्रुवराज न्यौपाने, चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले चलचित्र पत्रकारितालाई चलायमान बनाउनुपर्ने बताएका थिए ।
उनीहरुले पछिल्लो समय चलचित्र क्षेत्र हराउदै गएकाे प्रती चिन्ता ब्यक्त गर्दै समाजकाे अभिन्न अंगका रुपमा रहेको चलचित्रलाई कलम मार्फत उजागर गर्न जरुरी रहेको बताएका थिए ।
दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दीपक बोहरा, जनपत्रकार संगठनका अध्यक्ष हेमरजा वली, रासस दाङका प्रमुख नारायणी आचार्य, फोनिज दाङका अध्यक्ष दिप्तीशीखा चौधरी तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य बिमल गौतम, पत्रकार चेतन रेग्मी लगायतले आ–आफ्ना धाराना राखेका थिए ।
संस्थाकाे वार्षिक साधारणसभामा विभिन्न पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियोे ।
कला, साहित्य, एवं पत्रकारिता क्षेत्रमा क्रियाशिल रही मोफसलको चलचित्र पत्रकारितालाई संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार बालाराम खडका, गोपाल शर्मा भट्टराई, लिला शाह, अमरक्षितीज भण्डारी, ओपेन्द्र बस्नेतलाई सम्मान गरिएको हो ।
यस्तै पत्रकारहरु धुव्रराज न्यौपाने, देवेन्द्र बस्नेत, एकराज भण्डारी, जयन्ती चौधरी, पूर्ण केसी र झग्गु भण्डारीलाई पुरस्कृत गरिएको थियो ।
दाङ शाखा उपाध्यक्ष पूर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्याल गैरेले गरेकी थिइन् ।