२०८२ असार २४ गते बुधवार

प्यूठानमा एक दम्पति मृत फेला, घटना संकाष्पद

दाङ, फागुन १० । प्यूठानमा एक दम्पति मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको माण्डवी गाउँपालिका–२ रातामाटाका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन ।
परियार दम्पत्तिको शरिर तथा टाउकोमा घाउ चोटहरु देखिएको हुँदा घटना शंकाष्पद रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटना अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर मगाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले कुकुुर बाटोमा आउँदै गरेको हुँदा घटनास्थलको सुरक्षा दिइ राखिएको बताए ।

परियार दम्पति बिहान अवेशरसम्म पनि नउठेपछि छिमेकीले उनीहरुलाई उठाउन भन्दै ढोका ढक ढकाउन पुगेका थिए ।
दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाका आधारमा प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी निरीक्षक केशवराज केसीका अनुसार डिएसपी बस्यालसहित प्रहरी अधिकारीहरु घटनास्थलमै छन् ।
प्रहरीले परियार दम्पतिको मृत बारे अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *