२०८२ साउन १ गते बिहिवार

शनिबार यस्तो छ मौसम !


दाङ,फागुन १० । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहँदा पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने समथर भू-भागमा आंशिक बदलीसहित मौसम प्रायः सफा रहेको छ ।

आज फागुन १० गते शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीसहित मौसम खुला रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।

रातिको समयमा पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीसहित मौसम सफा रहनेछ । कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पर्न सक्ने अनुमान गरिएको छ ।

महाशाखाले हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, तथा सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *