
काठमाडौँ, १२ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै आज नतिजा सार्वजनिक भएको हो । बुधबार नै एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको भए पनि प्राविधिक त्रुटिका कारण प्रकाशित हुन सकेको थिएन ।
यसवर्ष चार लाख ५० हजार २७५ जना परीक्षामा सामेल भएको परीक्षा बोर्डले जनाएको छ । प्रदेश २ मा भने प्रश्नपत्र बाहिरिएपछि चैतको २२ गतेदेखि २९ गतेसम्म पुनः परीक्षा भएको थियो त्यो बाहेकका ६ वटा प्रदेशमा चैत १० देखि २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा थाहा पाउन सकिनेछ ।
कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ।
परीक्षाफल हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी आवश्यक निर्देशनअनुसार सुन्न सकिन्छ। वेबसाइट www.see.gov.np मा पनि हेर्न सकिन्छ। परीक्षाफल चित्त नबुझे नजिता प्रकाशन भएको मितिले १५ दिनभित्र शुल्क तिरेर हेर्न सकिन्छ।
यसबाहेक १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै www.see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ।
शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/ , शिक्षा विभागको वेबसाइट www.doe.gov.np/ बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ।
केहीबेर अघि बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । बैठकपछि बोर्डले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक भएको जानकारी गराएको छ ।
