तुलसीपुर,फागुन ८ । तुलसीपुरको भम्केमा एकजना मृत फेला परेका छन ।
तुलसीपुर-१ कुमाल गाउँ भम्केका ५५ बर्षिया लोक बहादुर परियार मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिए ।
उनका अनुसार परियार घरदेखि ६ सय मिटर् उत्तर बाटोमा उत्तानो परेको अबस्थामा मृत भटिएको स्थानीय फेला परेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरे पश्चात् इलाका प्रहरी कार्यालय खितलपुरबाट खिम बहादुर खड्काको टोलि खटिएको थियोे । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार

