२०८१ चैत्र १२ गते मङ्गलवार

कांग्रेस दाङले मनायाे प्रजातन्त्र दिवश


घाेराही,फागुन ७ । नेपाली कांग्रेस क्षेत्र न.२ काे आयाेजनामा ७५ औ राष्ट्रिय प्रजातन्त्र दिवश घाेराहीमा मनाईएकाे छ ।

प्रजातन्त्र स्थापना, त्यसकाे ल्याएकाे उपलब्धी र प्रजातान्त्रिक संस्कति सम्वर्धन लगायतका विषयमा कार्यक्रममा छलफल गरिएकाे थियाे ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काकाे अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रमका बाेल्दै प्रमुख अतिथि खनालले नेपाली जनताहरूले माैलिक अधिकार प्राप्त गरेकाे र नेपाली जनताहरूलाई रैतिबाट नागरिक बनाएका दिन प्रजातन्त्र दिवश रहेकाे बताए ।

उनले पछिल्लाे समयमा नेता नेतृत्व र पुराना दलहरूप्रति नकारात्मक प्रचार गरेर प्रजातन्त्र प्रति प्रहार हुन खाेजेकाे बताए ।

‘नेपाली कांग्रेसकाे नेतृत्वमा प्रजातन्त्र स्थापना भयाे, देशका हरेक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गरेकाे ईतिहास छ’ उनले भने- ‘अब ती परिवर्तनहरूलाई संस्थागत गर्न पनि नेपाली कांग्रेसका सबै तहहरू लागिपर्न आवश्यक छ ।’

कार्यक्रमका बाेल्ने अन्य वक्ताहरूले प्रजातान्त्रकाे बाेध सम्पूर्ण नेपालीहरूलाई गराउनुपर्ने बताएका थिए । सम्भ, सुसंस्कृत र समुन्नत राष्ट्र निर्माणकालागि लाग्नुपर्ने उनीहरूकाे भनाई थियाे ।

उनीहरूले प्रजातन्त्र स्थापना गरेकाे दशकाै समय बितिसक्दा पनि जनताले महशुस हुने गरि प्रत्याभुति दिलाउन आवश्यक रहेकाे बताएका थिए । नेपाली नेपालका हरेक तहले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आत्मसाथ गरेर अगाडि बढ्न आवश्यक रहेकाे उनीहरूकाे भनाई थियाे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद लाेका बिक, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारति, सचिव अर्जुन याेगी, बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र न. २ का सल्लाहकार डा.बिनबहादुर सिं वली, खड्ग बुढाथाेकी, नेपाली कांग्रेस क्षेत्र न.२ का पूर्व सभापति गाेविन्द मज्गैय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे सहजिकरण क्षेत्रिय सचिव आर.के.शीतलले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *