२०८१ चैत्र १२ गते मङ्गलवार

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा १५ जना घाइते


दाङ,फागुन ७ । दाङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्रिबस बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो।

मंगलबार राति ९ बजेतिर दुर्घटना हुँदा बसमा सवार कम्तीमा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिमबहादुर खड्काले बताए ।

उनका अनुसार घाइतेको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको छ । गाडीमा ६० भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।

गाडी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ।

दुर्घटना बारे थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *