रोल्पा,फागुन ६ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा यहि फागुन ११ गते रोल्पाको लिबाङमा आउने भएका छन् ।
नेपाली काँग्रेस रोल्पाको दोस्रो जिल्ला सम्मेलन तथा १०० दिने विशेष अभियानको समापनका अवसरमा हुने बृहत आमसभालाई थापाले सम्बोधन गर्ने छन् ।
सभामा जिल्लाका गाउँ गाउँबाट नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई व्यापक सहभागिता जनाउन आग्रह गरिएको नेपाली काँग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले जानकारी दिए ।
‘अहिले हामी कार्यक्रमलाई कसरी भव्य बनाउने भनेर प्रचारप्रसारमा लागेका छौं’ सचिव थापाले भने ‘पार्टीको वडा समिति समेत कार्यक्रमलाई भव्य बनाउन लागिरहेका छन् ।’
खुल्ला मञ्चको जनसभालाई सम्बोधनसँगै महामन्त्री थापाले जिल्लाका विभिन्न ठाउँका जनतासँग भेट गर्ने कार्यक्रम पनि रहेको छ । सो अवसर पार्टी प्रवेश कार्यक्रम समेत रहेको पनि बताइएको छ ।
यस्तै उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राधा घले, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको पनि विशेष उपस्थिति रहने नेपाली काग्रेस रोल्पाका सह-सचिव गञ्ज क्षेत्रीको भनाई छ ।