तुलसीपुर, फागुन ४ । तुलसीपुर उपमहानगरपालिकाको जिन्सी शाखाका प्रमुख कृष्णबहादुर वली उपमहानगरको निर्माणाधिन नयाँ भवनबाट लडेर घाइते भएका छन् ।
तुलसीपुर – ६ का ४८ बर्षीय वली भवन निरीक्षणका लागि गएको समयमा शनिबार बेलुकी ६ बजेतिर ८औं तलको भ¥याङबाट लड्न पुगेका थिए । अधिकृत वली ७औं तलामा लड्न पुगेका थिए ।
त्यसरी लड्दा उनको टाउकोमा चोट पटक लाग्न पुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
घाइते अधिकृत वलीलाई तुलसीपुरस्थित राप्ती लाइभ केयर अस्पतालमा उपचार पछि थप उपचारका लागि थप बाँकेको नेपालगन्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार