दाङ, फागुन ४ ।बर्दियामा आँगनमा खेली रहेका एक साढे दुई बर्षीय बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
बाँके राप्ती सोनारी गाउँपालिका – ५ का रचना चलाउनेका साढे छोरा रिहान चलाउनेको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरका अनुसार रचना छोरासहित रचना छोरासहित बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा बस्ने सानी आमा जमुना कँडेलको घरमा पाहुना पर्न गएकी थिइन ।
शनिबार बेलुका ७ बजेतिर आगनमा खेली रहेका रिहान एकाएक बेपत्ता थिए । आगनमा खेली रहेका रिहान कतै फेला नपरेपछि उनकी आमा रचना र सानी आमा जमुना लगाएत आत्तिएर गाउँ घर गुहारेका थिए ।
तत्कालै रिहान बेपत्ता भएको बारे प्रहरीमा खबर गरिएको थियो । सूचनाका आधारमा प्रहरी र स्थानीयको टोली खोजीमा निस्किएको थियो ।
जमुनाको घरदेखि झन्डै पाँच सय मिटर दक्षिण पूर्व खेतमा सवा ९ बजेतिर रिहानको शब फेला परेको थियो । घाँटी र टाउको पछाडिको भागमा घाउ खतहरु थिए ।
राति सवा ११ बजेपछि मुचुल्का तयार पारी बालकको शब पोष्टमार्टका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको डिएसपी मगरले जानकारी दिएका छन् ।
घटना बिश्लेशन गर्दा चितुवाले आँगनमा खेल्दै गरेका रिहानलाई टिपेर लगेको र चितुवाको आक्रमणबाट उनको मृत्यु भएको निष्कर्ष प्रहरीको छ । पोष्ट मार्टम पछि बालकको शब आफन्तलाई बुझाइने प्रहरीले बताएको छ ।