तुलसीपुर, फागुन ३ । तुलसीपुरको नयाँ बसपार्क स्थित डिबी गार्मेन्टले गेम सेट सहयोग गरेको छ ।
ह्विल चियर बास्केट बल टिमलाई गार्मेन्टले सौजन्ने स्वरुप गेम सेट प्रदान गरेको हो ।
गार्मेन्टका संस्थापक प्रकाश वलीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाको तर्फबाट अपाङ्गता भएका ब्यक्तिहरुले खेल्ने ह्विल चियर बास्केट बल टिमलाई निशुल्क रुपमा गेम सेट प्रदान गरिएको जानकारी दिए ।
बिगतदेखि नै गार्मेन्टले लक्षित समुदाय र बर्गहरुमा आवश्यकताका आधारमा यस्ता सहयोगका कार्यहरु गर्दै आएको संस्थापक अध्यक्ष वलीले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार