तुलसीपुर, फागुन ३ । शान्तिनगर गाउँपालिका – २ मा स्वतन्त्र रुपमा निर्वाचित वडाध्यक्ष सुनिल वलीले माघ ३० गते आफ्नो ब्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखे ।
जस्मा लेखिएको थियो ‘शान्तिनगर गाउँपालिकाको माघ २९ गतेको महत्वपुर्ण कार्यपालिकाको बैठक आँफुलाई खबर नै नगरेको गुनासो थियो ।
अध्यक्ष वलीले कार्यपालिकाको बैठक बस्नु भन्दा तीन दिन पहिला जानकारी गराउने नियम रहेको पनि कुरा उल्लेख गरेका थिए ।
उनले आफ्नो स्वार्थ र सत्ताको पावरको बलमा नियम उलंघन गर्दै शान्तिनगर गाउँपालिकाले गरेको कार्य निन्दनीय रहेको बताएका थिए । त्यो कार्यले वडाध्यक्षका रुपमा आँफुलाई मात्र नभइ समग्र शान्तिनगर बासिलाई धोका दिएको दोषारोपन पनि गरेका थिए ।
अन्तिममा उनले ‘तस्करको सोच तस्कर नै हुन्छ ’ भन्ने जस्तो गम्भीर आरोपपनि लगाएका थिए । त्यसको आषय उनले गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतलाई तस्करको संज्ञा दिएको आषय ब्यक्त गरेका थिए ।
वडाध्यक्ष वलीको आरोप प्रति गाँउपालिका अध्यक्ष प्रमोद बस्नेतले पनि बिज्ञप्ति भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत त्यस्को स्पष्टिकरण तथा जबाफ लेखेका छन् ।
गाउँपालिका अध्यक्ष बस्नेतले त्यो बिज्ञप्तिकै सुरुमै वडाध्यक्ष वलीले भ्रमित अभिव्यक्ति दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
कार्यपालिकाको बैठकमा आफुलाई जानकारी नभएको वा नबोलाइएको, स्वार्थ र शक्तिको बलमा नियम उलंघन गरी शान्तिनगरबासीलाई शान्तिनगर गाउँपालिकाले धोका दिएको भन्दै वडाध्यक्ष वलीले लाल्छना लगाउनु गलत र कपोकल्पित कुरा मात्रै भएको अध्यक्ष बस्नेतले स्पष्ट पार्न चाहेका छन् ।
गाँउपालिका अध्यक्ष बस्नेतले वडाध्यक्ष वलीलाई उल्टै सामाजिक सञ्जालमा पूर्वाग्रही तबरले, तथ्यहिन कुरा राखेर अफवाह फैलाउने, आम नागरिकमा भ्रम छरेर पालिका प्रति जनताको वितृष्ण जगाउने कार्य गरेको भन्दै भत्सर्ना गरेका छन् ।
सार्वजनिक पद धारण गरेको जिम्मेवार जनप्रतिनिधिले आमनागरिकलाइ गलत सूचना दिइ भ्रममा पारी शान्तिनगर बासिलाई धोका दिइ अन्याय गरेको कुरा वडाध्यक्ष वलीकै अभिव्यक्तिबाट प्रष्ट हुने कुरा गाँउपालिका अध्यक्षले ब्यक्त गरेका छन् ।
गाउँसभा तथा गाउँकार्यपालिकाको हरेक बैठक बस्दा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभाको बैठकको हकमा वडा सदस्यलाई समाजिक सञ्जाल (म्यासेन्जर), लिखित पत्राचार र व्यक्तिगत रुपमा मोबाईलमा फोन गरेर सञ्चारका तीन माध्यम प्रयोग गरी बैठकको कार्यसूचीसहित जानकारी गराउने गरिएको स्पष्टिकरण पनि गाँउपालिका अध्यक्ष बस्नेतले उल्लेख गरेका छन् ।
माघ २९ गते बसेको कार्यपालिकाको बैठकका लागि प्रमुख प्रशासकीय अधिकृतले बैठकमा उपस्थितका लागि अनुरोध गरी म्यासेन्जर मार्फत पत्राचार गरेको तथा वडाध्यक्ष वलीलाई बैठक सचिवालयका सहयोगी कार्यालयका प्रशासन अधिकृत कृष्णकुमार कँडेलले माघ २८ गते विहान ११ बजे र बेलुका ६ बजे फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको अर्थात वडाध्यक्षले जिम्मेवार ब्यक्तिहरुका फोन नम्मरहरु फोन सम्पर्क नहुने गरि कालो सूची अर्थात बल्याक लिष्टमा राखेको दोषारोपन गाउँपालिका अध्यक्ष बस्नेतले उल्लेख गरेका छन् ।
प्रशासन अधिकृतसंग सम्पर्क हुन नसकेपछि प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले माघ २८ गतेकै दिन फोन सम्पर्क गरेर बैठकको आयोजना गरिएकोले उपस्थित हुन आग्रह गर्दा वडाध्यक्ष वलीले आफुलाई फुर्सद नभएको तथा व्यक्तिगत काम विषेशले सुर्खेत जिल्ला जान लागकेको भन्ने कुरा गरेको जानकारी पनि गाँउपालिका अध्यक्ष बस्नेतले ब्यक्त गरेका छन् ।
ती सबै फोन कल र म्यासेजहरुको प्रमाण भन्दै अध्यक्ष बस्नेतले सबै बेहोरा आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छ्न ।
साथै गाँउपालिका अध्यक्ष बस्नेतले यस्ता भ्रमित अभिव्यक्ति प्रति आम शान्तिनगर बासी सचेत रहन आग्रहपनि गरेका छन् । उनले शान्तिनगरको विकास र समृद्धिका लागि गाउँपालिकासंग हातेमालो गर्न समेत शान्तिनगरबासी सबैलाई अपिल गरेका छन् ।
त्यसपछि फेरि शान्तिनगर – २ का वडाध्यक्ष सुनिल वलीले फेरि त्यसको काउन्टरमा फागुन २ गते पत्रकार सम्मेलन भन्दै आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
रुटिन अफ शान्तिनगरले पत्रकार सम्मेलनमा वडाध्यक्ष वलीले राखेको धारणाहरु भन्दै भिडियोसहित उनका धारणाहरु सार्वजनिक गरेको छ ।
जस्मा उनले माघ २९ गतेको गाउँपालिकाको कार्यपालिका बैठक बारे आँफुलाई कुनैपनि खबर वा सूचना नदिइएको दाबी दोह¥याएका छन् ।
उनले आँफु गाँउपालिकाको ग्रुपमा नभएको , वडा कार्यालयको इमेलमा समेत कार्यपालिका बैठक बारे कुनैपनि जानकारी वा सूचना नदिएको उल्लेख गरेका छन् ।
वडाध्यक्ष वलीले आँफु स्वतन्त्र रुपमा निर्वाचित भएको हुँदा गाँउपालिका अध्यक्ष बस्नेतले पालिकामा रहेको बहुमतको दम्भ देखाउँदै आफ्ना माग र बुँदाहरु ओझेलमा पार्दा वडाबासीले दुःख पाइरहेको कुरा बताएका छन् ।
वडाध्यक्ष वलीले उल्टै गाँउपालिका अध्यक्ष बस्नेतले बाँडेका भ्रामक र कपोकल्पित कुराहरुको भ्रममा नपर्न आग्रहपनि गरेका छन् ।
उनले गाँउपालिकाका बिभिन्न ब्यथितिका बारेमा र नागरिकका पक्षमा यसैगरि आवाज उठाइ रहने बताएका छन् ।
वडाध्यक्ष वली त्यतिमै रोकिएका छैनन् । उनले गाँउपालिका अध्यक्ष बस्नेतले सबै कुराहरु निमय मिचेर वा प्रक्रिया मिचेर गर्दै आएको आरोप लगाएका छन् ।
उनले त्यसमा गाँउपालिका अध्यक्ष संग फोनमा एक घन्टा र कार्यकक्षमै पनि आँफुहरुका बीचमा बिबाद भएको कुरापनि खोलेका छन् । त्यो बिबाद के का लागि थियो ? भन्ने बारे उनले आँफुले राखेको एजेण्डा ३ नम्बर वडा कार्यालयमा कम्प्युटर अपरेटर राख्न बारेमा रहेको पनि खुलाएका छन् ।
कम्यूटर अपरेटर राख्न बारे कार्यपालिका बैठकले पास गरेको भएपनि गाँउपालिका अध्यक्ष बस्नेतले आफ्नो स्वकीय सचिव राख्न नियम मिच्दा समस्या भएको वडाध्यक्ष वलीले आरोप लगाएका छन् ।
‘गाँउपालिका अध्यक्षले स्वकिय सचिव राख्न पाइन्न भन्ने छ, ’ वडाध्यक्ष वलीले अगाडि भनेका छन् ‘ तर, उहाँले कम्प्यूटर अपरेटरका नामबाट आफ्नो स्वकिय राख्नु भएको छ ।’
वडाध्यक्ष वलीले गाँउपालिका अध्यक्ष बस्नेतले सबै भन्दा ठूलो गल्ति जस्तापाताका लागि गरि रहेको बताएका छन् । त्यसका लागि गाउँकार्यपालिका बैठकले ८० लाख छुट्याएको भएपनि त्यसको लागि हालसम्म प्रक्रिया नै सुरु नगरेको वडाध्यक्ष वलीले बताएका छन् ।
‘ उहाँ साना साना कार्यक्रमहरुमा जाने र स्टष्टबाजी झार्ने काम मात्रै गर्दै आउनु भएको छ,’ वडाध्यक्ष वलीले भनेका छन् ‘ मेरो वडामा छाठी पैंस्ठ्ठी लाख परेको छ र त्यो बजेट फ्रिज भएको छ ।’
वडाध्यक्ष वलीले आँफुले पहिले देखि नै भौतिक निर्माण तर्फ ठेक्का खोल्दा सबैका लागि सार्वजनिक सूचना (इबिडिङ गर्न) आग्रह गर्दै आएको भएपनि गाँउपालिका अध्यक्ष बस्नेतले मनोमानी ढंगले आँफुखुसी काम गर्दै आएको आरोप लगाएका छन् ।
त्यस्तै उनले खोलाको वातवरणिय मुल्याङकन् आइइई गर्ने बिषयमा पनि दश लाख छुट्याएको भएपनि त्यो एक दुई लाखले पनि बन्ने भएको हुँदा त्यो कुरापनि आँफुले कार्यपालिका बैठकमा राख्ने कुरा रहेको हुँदा आँफुलाई बैठकबारे जानकारी नै नदिइएको आषय ब्यक्त गरेका छन् ।
वडाध्यक्ष वलीले भनेका छन् ‘ तपाँइ यदि इमान्दार हुनुहुन्छ भने कार्यपालिका बैठकलाई लाइभ राख्दिनुस । मैले गाँउपालिका सुधार्नु छ भने लाइभ राख्नुहोस भनेको हुँ त्यो च्यालेञ्ज मैले पहिले देखि गर्दै आएको हुँ ।’
त्यस्तै उनले बाटाका कुरा अनुगमणका कुरापनि उठाएका छन् ।
गाँउपालिका अध्यक्ष, उपाध्यक्षले त्यसमा पनि स्टष्टबाजी गर्ने गरेको उनले आरोप लगाएका छन् ।
‘बाटो तल छ नाला माथि छ हेर्नुहोस,’ उनले भनेका छन् ‘ त्यो कुन तरिकाले पास गर्नु हुन्छ भनेर मलाई स्थानीय जनप्रतिनिधिको नाताले स्थानीयले प्रश्न उठाउने नै भए ।’ वडामा भएका काम, कतब्र्य हेर्ने अधिकार कस्को हो ? त्यो कुरा गाँउपालिका अध्यक्ष बस्नेतले बुझ्नु पर्ने उनले बताएका छन् ।
त्यस्तै वडाध्यक्ष वलीले पत्रकार सम्मेलनमा हेफर संस्थाको कुरा पनि गरेका छन् । त्यो हेफर संस्था आँफुहरुलाई झुक्याएर गराइएको आरोप लगाएका छन् । तर, उनले गाँउपालिका अध्यक्ष बस्नेतले भने त्यो कुरा आँफुलाई भनेको पनि स्वीकार गरेका छन् ।
‘पहिला गाँउपालिकाको बिस प्रतिसत र हेफर संस्थाका असी प्रतिसत भनेको जस्तो लाग्थ्यो मलाई ,’ वडाध्यक्ष वलीले भनेका छन् ‘ तर, अहिले त्यो ठिक उल्टो देखियो, जुन हेफर अहिले शान्तिनगर गाँउपालिकालाई घाँडो भएको छ ।’
गाँउपालिकाका बिभिन्न बिषगत शाखाहरुले बजेट बनाउनु पर्ने प्रचलन भएपनि गाँउपालिका अध्यक्ष बस्नेतहरुले ती शाखामा नबसेरै आफ्नो तरिकाले बजेट निर्माण गर्ने गरेको भन्दै वडाध्यक्ष वलीले गुनासो गरेका छन् ।
आफ्नो तरिकाले र आँफुहरुलाई चित्त नबुझ्ने गरि गाँउपालिका अध्यक्षहरुले बजेट निर्माण गर्ने गरेको वडाध्यक्ष वलीले बताएका छन् ।
कर्मचारी राख्ने सवालमा तीन जना आवश्यक रहेपनि कसैको पनि नाम नलेख्न आँफुहरुले सुझाएको तथा त्यसरी कर्मचारी नियुक्त गर्दा बिज्ञापन खोलेर सिष्टम अनुसार गर्नु पर्छ भन्ने राय सुझाव आँफुले कार्यकक्षमै गइ दिएको भएपनि गाँउपालिका अध्यक्षले तीन जनाको राख्दा आँफैले तत्काल टिपेका नामहरु अनुसार राखेको कुरामा वडाध्यक्ष वलीले असुन्तुष्टि पोखेका छन् ।
त्यस्तै वडाध्यक्ष वलीले गाँउपालिका स्थान्तरण गर्दापनि काननी प्रक्रिया पुरा नगरी सारेको हुँदा आज समस्या भइ रहेको बताएका छन् ।
कार्यपालिका बैठकबाट कार्यालय स्थान्तरणको बिषय पास गराएपनि त्यो प्रदेश र संघको मन्त्री परिषदबाट पास गराएपछि राजपत्रमा त्यो प्रकासित भएपछि मात्रै कार्यालय स्थान्तरण गर्नुपर्नेमा गाँउपालिका अध्यक्षले बस्नेतले स्टष्टबाजी देखाउनकै लागि सार्दा समस्या भइरहेको वडाध्यक्ष वलीको आरोप छ ।
जस्का कारण अहिले आएर वडाध्यक्ष लगाएत सम्पूर्णले दुःख पाइ रहेको तथा त्यसले गर्दा आठदेखि दश लाख रुपैयाँ जति घाटा भएको वडाध्यक्ष वलीले बताएका छन् ।
त्यस्तै उनले बागमारे – जुम्लेकुला जोड्ने पुलको कुरापनि गरेका छन् ।
पुल निर्माणको बिषयमा अध्यक्ष, उपाध्यक्ष, प्रमुखप्रशासकीय अधिकृतसहित ठेकेदारपनि छलफलका लागि आएको स्वीकार गरेका छन् ।
पुल निर्माणको जिम्मा पाएका ठेकेदारले स्थानीय खोला जन्ने माल मेटिरियलको कर तिर्नुपर्ने नियम रहेको पनि वडाध्यक्ष वलीले उल्लेख गरेका छन् ।
बागमारे – जुम्लेकुला जोड्ने पुल निर्माण हुँदै गर्दा सबैले भनेपछि आँफुले – त्यो समयमै बन्छ भने बालुवा , गिट्टी जन्य पदार्थ उठाउन दिने) त्यसमा सहमति जनाएको कुरा वडाध्यक्ष वलीले स्वीकार गरेका छन् ।
तर, पुल निर्माणको जिम्मा लिएका ठेकेदारले अश्वार र पातेटाकुरा क्षेत्रमा आँफुले गरि रहेको कामका लागि पनि माल मेटेरियल लैजान पाउनु पर्छ भनेपछि आँफुले त्यस्तो गर्न नदिने कुरा स्पष्ट रुपमा भनेको वडाध्यक्ष वलीले बताएका छन् ।
खोलाजन्य पदार्थ यदि लैजाने भए
गाँउपालिकालाई आवश्यक कर तिर्नु पर्ने आँफुले अडान राखेपछि उनले काम नगर्ने कुरा गरेको वडाध्यक्ष वलीले बताएका छन् ।
गाँउपालिका अध्यक्ष बस्नेत र वडाध्यक्ष वली बीचको बिबाद यसअघि पनि पटक पटक छताछुल्ल भएको थियो । गत स्थानीय निर्वाचन पछि बहुला खोलाको उत्खनन्को बिषयलाई लिएर उनीहरुका बीचमा बिबाद भएको थियो ।
खोलामा भइ रहेको मापदण्ड बिवपरितको मनपरी उत्खनन्को वडाध्यक्ष वलीले रोक्न खोजेपछि उनीहरु बीचको बिबाद उत्कर्षमा पुगेको थियो ।
२०८० को फागुन महिनामा वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेको आरोप लागेको थियो । वलीले कुर्सी उठाएर दुबै जनालाई त्यसैले प्रहार गर्न खोजेको आरोप लागेको थियो ।
गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत लगाएतले जिल्ला प्रशासनमा वलीका बिरुद्ध उजुरी दिएका थिए । त्यपछि उनीहरुका बीचमा प्रशासनको रोहबरमा मिला पत्र भएको थियो ।
त्यसपछि फेरि २०८० असारमा गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको आरोप लागेको थियो ।
त्यो घटना पछि वडाध्यक्ष फरार भएका थिए । सोही आरोपमा असार ८ गते वडाध्यक्ष वली घोराही उपमहानगरपालिका – १० नारायणपुर क्षेत्रवाट पक्राउ परेका थिए ।
यी सबै घटना बिवरण र दृष्टान्टहरुका कारण वडाध्यक्ष वली र गाँउपालिका अध्यक्ष बस्नेतका बीचमा बिगतदेखि नै बेमल रहँदै आएको कुरा छताछुल्ल हुँदै आएको छ ।