२०८१ चैत्र १२ गते मङ्गलवार

जुम्लेकुलाका युवक बलात्कार आरोपमा पक्राउ

तुलसीपुर , फागुन २ । शान्तिनगर गाउँपालिका –४ जुम्लेकुलाका २२ बर्षीय चन्द्रप्रकाश नाथ १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले उनलाई फागुन १ गते पक्राउ गरेको थियो ।

नाथमाथि माघ ३० गते बेलुकी साढे ६ बजेतिर स्थानीय गब्दवास्थित रानी वनको जंगलमा हिडिरहेको समयमा एक जना १४ बर्षीया बालिकालाई एक्कासी पछाडिवाट घाँटीमा समातेर धम्काएर जंगलमा लगि बलात्कार गरेको आरोप लागेको छ ।

बालिकाकी आमाले फागुन १ गते इलाका प्रहरी कार्यालयमा चन्द्रप्रकाश नाथका बिरुद्ध जाहेरी दिएपछि आरोपित नाथलाई पक्राउ गर्नु परेको इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले जानकारी दिए ।

उजुरी पछि इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बिनोद खत्री नेतृत्वको टोलीले नाथलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालतले सात दिन प्रहरी हिरासतमा राखेर घटना अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *