तुलसीपुर,फागुन १ । आदिवासी जनजाति पत्रकार महासंघ दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी सर्वसहमत निर्वाचित भएकी छिन ।
बिहीबार तुलसीपुरमा भएको १० औं अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिबेशनबाट उपाध्यक्षमा दीपक जिएम, सचिवमा एचआर मगर, कोषाध्यक्ष निता चौधरी, सहसचिवमा जयन्ती चौधरी चयन भएका छन ।
त्यस्तै, सदस्यहरूमा सरिता चौधरी, प्रेमकुमारी बुढा, प्रिया चौधरी र सुरक्षा चौधरी रहेका छन ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा सविन प्रियाशन, रिता लामा र जीत सागर जिएम र प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा र जयन्ती चौधरी रहेका छन ।
महासंघ दाङ शाखा अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता एवम् पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले अन्य समुदायको तुलनामा जनजाति समुदाय पछाडि परेको बताउदै उनले पत्रकारिताको माध्यमबाट यो समुदायलाई माथी उठाउन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य यमकला भुसाल,प्रेस चौतारी दाङकी अध्यक्ष सुधासुमन ढकाल,प्रेस सेन्टर दाङका सचिब दिपक बोहोरा,पत्रकार यज्ञ बुढा लगाएतले
सस्थालाई क्रियाशिल बनाउदै जनजाति पत्रकारहरूको हकहितका लागि दत्तचित भएर लाग्न आग्रह पनि गरे ।