२०८१ चैत्र १२ गते मङ्गलवार

उद्यमशीलता पर्यटनसंग जोड्न आवश्यक छ -मन्त्री न्यौपाने

तुलसीपुर, फागुन १ । लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौंपानेले पर्यटनलाई उद्योगसंग जोड्न जरुरी रहेको बताएका छन् ।

ठूला – ठूला सिमेन्ट उद्योग , सड निर्माण गर्ने उद्योगले मात्रै नेपाल सम्बृछ नहुने भन्दै आम नागरिकको संबृद्धि र पर्यटन पर्बद्धनका आधार साना साना उद्योगहरुको बिकासका कारणले रोजगारी सृजना सहज हुने बताएका हुन ।


तुलसीपुरमा चेम्बर अफ कमर्षले बिहीबारदेखि सुरु गरेको दोस्रो पर्यटन महोत्सवको उद्घाटन पछि सम्बोधन गर्दै मन्त्री पाण्डेले स्थानीयले सञ्चालन गरेका उद्यमलाई पर्यटन संग जोड्न जरुरी रहेको बताएका हुन ।

मेला महोत्सवहरु साना साना उद्यमी र घरेलु उद्योगमा लाग्न चाहानेहरुका लागि पर्बद्धनका माध्यम बन्न सक्नु पर्ने मन्त्री न्यौंपानेको तर्क थियो ।

‘कृषीमा लाग्ने किसान यस्ता मेला महोत्सवमा आफ्नो जग्गाको माटो लिएर आउन र उनीहरुलाई सम्बन्धित क्षेत्रका बिज्ञले परीक्षण गरि तिम्रो माटोमा यो समस्या छ र यस्तो कुरा राम्रो संग उत्पादन हुन सक्छ भन्ने सल्लाह दिन सक्ने हुन तथा बनाउन जरुरी छ,’ मन्त्री न्यौंपानले भने ‘ उस्ले यहाँबाट केही सिक्ने पायो भने ऊ उद्यमी बन्न सक्छ र उस्लाई ब्यबसायमा जोड्न सक्छौं भन्ने भावना महोत्सवको हुनुपर्छ ।’


ऋहिले सबै भन्दा देखिएको समस्या भनेको युवा पलान भएको भन्दै नेपाली काँग्रेसका नेतासमेत रहेका मन्त्री न्यौंपानेले महोत्सवस्थलमा पनि युवाहरुको जमात कम देखिएको भन्दै चिन्ता जाहेर गरेका थिए ।


‘ यहाँ महोत्सवमा युवाहरु कम देखिनु भएको छ । यहाँ पञ्जेबाजा बजाउनेहरु पनि महिला नै हुनुहुन्छ,’ उनले भने ‘ गाउँ घर जतापनि साना घरेलु उद्योगहरु छन त्यहाँपनि महिला मात्रै देखिनु हुन्छ यो साझा चिन्ताको बिषय हो ।’


युवालाई स्वदेशमै रोक्नका लागि उद्यमसिलताको बिकास नै प्रमुख माध्यम बन्न सक्ने हुँदा त्यो संभावनाको खोजी गर्ने युवालाई सरकारले सघाउने उनको भनाइ थियो ।


युवालाई त्यसको आभास राज्यले दिलाउन जरुरी रहेको भन्दै युवालाई बिभिन्न पेशामा जोड्न जरुरी रहेको उनले औंल्याएका थिए ।


एउटै खाले प्रकृतिका काम गर्नु भन्दा फलक प्रकृतिका कामहरु गर्न सके त्यसले आर्थिक बिकास र पर्यटन पर्बद्धनमा सहयोग पुग्ने उनको आशय थियो ।


युवाहरु कोही कपाल काट्ने, कोही कटाइ सिलाइ र कोही अन्य उद्यमसिलता संग जोडिन आवश्यक रहेको उनले चर्चा गरे ।


अहिले पनि सबै भन्दा महंगो धातु सुन बनाउने कालिगढ नेपाली नरहेको भन्दै त्यो सीप तथा कला सिकेर आर्थिक अवस्था मजबुत बनाउने उनले सुझाए ।


त्यही बुझेर प्रदेश सरकारले बाह्रै वटा जिल्लामा सुन बनाउने कालिगढको तालिमको आयोजना गरेको मन्त्री न्यौंपानले बताए ।
नेपाल र लुम्बिनीमा पर्यटनको अथाहा सम्भावना रहेपनि देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको तीन प्रतिसत मात्रै योगदान हुनु लज्जाको बिषय भएको बताए ।


पर्यटनलाई रोजागारी, कृषी र उद्यमसिलता संग जोड्न सके थप बिकास हुने उनले बताए।
बर्दिया र चितवनका थारु समुदायले होमस्टे चलाएर राम्रो मुनाफा गर्नूका साथै पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउँदै आएको भएपनि दाङका थारु वा अन्य जनजाति समुदायले आफ्नो मौलिक उत्पादन तथा कला संस्कृतिलाई पर्यटन पर्बद्धनमा जोड्न नसकेको हुँदा अगाडि बढ्न आग्रह गरेका थिए ।


मलेसिया र दुबै गएर मात्रै हुँदै यँही मासिक पचार हजार कमाउने गराउनका लागि प्रदेश र स्थानीय सरकार रहेको उनले बताएका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *