२०८१ चैत्र १२ गते मङ्गलवार

राइखलियानका रामजी बबइ नदीमा मृत फेला

तुलसीपुर, माघ ३० । तुलसीपुर उपमहानगरपालिका – १० राइखलियान गाउँका एक जेष्ट नागरिक बबई नदीमा मृत अवस्थामा फेला परेका छन् ।

माघ २६ गते घरबाट निस्किएका ७३ बर्षीय रामजी चौधरी तुलसीपुर – ११ मोतिपुर नजिकको बबई नदीमा मृत अवस्थामा फेला परेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार खोजतलास गर्दै जाने क्रममा रामजीका छोरा भागिराम चौधरीले बुधबार बिहान ११ बजेतिर आफ्नो बुवालाई बबई नदीमा डुबेको अवस्थामा शब फेला पारेका थिए ।

घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *