२०८१ चैत्र १२ गते मङ्गलवार

बर्दियामा १५ जुवाडे पक्राउ झन्डै २ लाख बरामद

दाङ, माघ ३० । बर्दिया प्रहरीले जुवा खेलीरहेका १५ जनालाई पक्राउ गरेको छ ।


बर्दियाको बारबर्दिया नगरपालिका – ९ मा स्थानीय ३२ बर्षीय निराजन राजवंशीले आँफुले सञ्चालन गरेको होमस्टेमा जुवा तास खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट १,८२,६७० रुपैंया बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार बिहान १ बजे जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले होमस्टेमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा होमस्टेका सञ्चालक ३२ बर्षीय निराजन राजवंशी, बारबर्दिया – ५ का ४० बर्षीय नबिनकुमार चौधरी, बारबर्दिया – २ का ३५ बर्षीय रामप्रशाद थारु, राजपुर नगरपालिका – ८ का ४५ बर्षीय वशन्तकुमार शर्मा, राजपुर– ७ का ४६ बर्षीय कमल गुरुङ, मधुवन नगरपालिका– ९ का ३५ बर्षीय नारायण क्षत्री, मधुवन – ७ का ५२ बर्षीय घनश्याम दवाडी छन् ।


त्यस्तै गुलरिया नगरपालिका – १ का ३७ बर्षीय चेतन खनाल, ३५ का आसुतोषकुमार यादव, गुलरिया– ११ का ३२ बर्षीय दुर्जन थारु, गुलरिया– २ का ४० बर्षे रबिन्द्र यादब, गुलरिया– ४ का ३६ बर्षे नारायण गिरी, गुलरिया– ७ का ४८ बर्षे श्याम शर्मा, सुर्खेतको पंचपुरी नगरपालिका – ७ का ४८ बर्षे देबबहादुर शाही र चौकुने गाउँपालिका – ८ का ३६ बर्षे हरिचन्द्र बुढा पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिएका छन् ।


पक्राउ परेकाहरु माथि जुवा ऐन अन्तरगत कारबाहीका प्रक्रिया अगाडि बढाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *