२०८१ चैत्र १२ गते मङ्गलवार

३ लाख बढी रकमसहित पक्राउ १२ जना जुवाडे पक्राउ

दाङ, माघ ३० । लंगुरबुर्जा (खोरखोरे) खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


कपिलबस्तु प्रहरीले मंगलबार बेलुका ८ बजेतिर नौं वटा खोरखोरे खेलाउने गोटी, बुर्जा र नगद ३,१५, १८० रुपैंयासहित १२ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बाणगंगा नगरपालिका – १० का ३० बर्षीय राजेश बिक, सोही वडाका ४० बर्षीय श्रीकृष्ण चौधरी, शुद्धोधन गाउँपालिका – २ का ४० का दिलिपकुमार रोध, रुपन्देहीको गैडहवा गाउँपालिका – १ का २२ बर्षीय पशुपति जैसवाल, गैडहवा – ३ का २० बर्षे सञ्तोष यादब, गैडहवा गाउँपालिका – २ का २४ बर्षे, मनोज राजपुुत , गैडहवा – ३ का ३० बर्षे अर्जुन कलवाल, सोही ठाउँकै ३० बर्षे बिक्रम क्षत्री, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका – ११ का ४२ बर्षे असलम मुसलमान , बुटवल उपमहानगरपालिका – ८ का ४० बर्षे शंकर थापा, कञ्चनपुर गाउँपालिका – ५ का ४२ बर्षे सर्वजित बिक र कञ्चनपुर – ४का ३० बर्षे चित्रबहादुर राना पक्राउ परेका छन् ।


जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक उपरीक्षक मोहनमणि अधिकारीले पक्राउ परेका सबैलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त गरि सकेको जानकारी दिए ।

कपिलबस्तु वाणगंगा नगरपालिका – १० गोगापुरमा पैंशा जितहार हुने गरि जुवाको रुपमा खोरखोरे खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुकी ८ बजे उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु माथि जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *