दाङ, माघ २९ । रुकुम पूर्वमा ८ महिनाका नाबालक र उनकी हजुर आमाको हत्यामा प्रयोग भएको खुकुरी लगेर भाग्ने क्रममा भिरबाट लड्दा सोही खुकुरीले टाउकोमा लागेर हत्यामा संलग्न ब्यक्तिको आँफै मृत्यु भएको छ ।
जिल्लाको भूमे गाउँपालिका – ४ मा मंगलरबार दिउँसो सवा ३ बजेतिर ६० बर्षीया ढाँटी बुढा र उनका ८ महिनाका नाति समिर बुढाको खुकुरी प्रहार गरि घटनास्थलमै हत्या भएको थयो ।
उनीहरुको हत्या गरि सोही खु्कुरी लगेर छिमेकी ५१ बर्षीय चन्द्रसिंह पुन भागेका थिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी माधव खरेलका अनुसार खुकुरीसहित भाग्दै गरेका उनको भिरबाट लड्दा हातमा बोकेको खुकुरी टाउकोमा गाडिन पुगेको थियो । सोही कारण उनको मृत्यु भएको खरेलले बताए ।
हत्या पछि फरार पुन स्थानीय खुलखुले खोलामा मृत अवसथमा फेला परेका थिए ।
हत्याको कारण बारे थप अनुसन्धाबाट हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

