२०८२ मङ्सिर १ गते सोमवार

रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा,माघ २९ । रोल्पाको रुन्टिगढी गाउँपालिका–२ गोरिनेटा भन्ने स्थानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रुन्टिगढी गाउँपालिका–२ धारापानी वर्ष ६५ का इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो ।

रा १ ह ५४९१ अटो सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर बिदुरचन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार करिब ३ बजेको समयमा अटो दुर्घटनामा परेको हो । उक्त अटो रोल्पाको होलेरीबाट धारापानी जाँदै गर्दा दुर्घटनामा परेको हो ।

उनका अनुसार दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुनिलस्मृति गाउँपालिका– २ ६२ वर्षका मान बहादुर परियार र चालक रुन्टिगढी गाउँपालिका–१ का ३८ वर्षीय मनराज नेपाली रहेका छन् ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *