दाङ, माघ २९ । बिदेश पठाउँदिने प्रलोभनमा पारी १ करोड २३ लाख रूपैयाँ संकलन गरि फरार रहेकी एक महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई पक्राउ गरि अनुसन्धान भइ रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी आयुशप्रशाद जोशीले जानकारी दिए ।
मगरले बिभिन्न सयममा बिभिन्न ब्यक्तिहरु बाट वर्किङ भिसामा जापान पठाइदिने प्रलोभनमा पारी प्रतिब्यक्ति जनही १४ देखि १५ लाखसम्म अशुल गरे पछि बिगत दुई तीन महिना यता सम्पर्क बिहिन रहँदै आएकी थिइन ।
त्यसपछि मगरका विरुद्ध पीडित मिलेर वैदेशिक रोजगार विभाग काठमाडौंमा गइ किटानी जाहेरी दिएका थिए । त्यो जाहेरीका आधचारमा मगरका विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भए पछि इलाका इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएको थियो ।
प्रहरी हिरासतमा रहेकी मगरविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।