२०८२ कार्तिक २९ गते शनिवार

पत्रकार सिंहमाथि कुटपिटमा संलग्न भनिएका ३ जना पक्राउ

दाङ, माघ २९ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि भएको कुटपिटको घटनामा संलग्न रहेका भनिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका ब्यक्तिहरु माथि आवश्यक अनुसन्धान भइ रहेको भन्दै प्रहरीले नाम भने सार्वजनिक गरेको छैन ।

सिंहमाथि सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० को चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कदै गर्दा मष्टा गाउँपालिका–४ का विनोद कठायत लगायतका समूहले होटलमा बोलाएर कुटपिट गरेको सिंहले बताएका छन् ।

सिंहले जबर्जस्ती अपरहण शैलीमा कोठा मित्र लगेर चुकुल लगाइ आफूमाथि त्यो समूहले कुटपिट गर्नुका साथै चक्कु प्रहारसमेत गरेको आरोप लगाएका छन् ।

पत्रकार सिंहको निधारमा तीन टाँका लगाइएको छ । बझाङ जिल्ला अस्पतालमा उनको मा उपचार गरिएको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघले पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्तिमा मार्फत जुनसुकै बहानामा भएपनि सिंह माथिको आक्रमण निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको भएको उल्लेख गरेका छन् ।

पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही थाल्न महासचिव दाहालले प्रशासन संग माग गरेका छ्न ।


सिंहमाथि भएको कुटपिटको घटनामा संलग्न रहेका भनिएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ भइ रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *