तुलसीपुर, माघ २९ । घरमै चुलोमा खाना पकाउँदा लगाएको कपडाबाट आगो सल्किएर शरिरमा गम्भीर जलन भएकी तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १९ सक्रामकी ६४ बर्षीया इश्वरी वली माघ २१ गते बिहान साढे ७ बजेतिर घरमै चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरिरमा आगो सल्किदा गम्भीर जनलमा परेकी थिइन ।
उनको मंगलबार बिहान साढे ७ बजेतिर उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
जलनमा परेकी वलीलाई उद्धार गरि आफन्तले तुलसीपुरको चिनारी हस्पिटलमा लगेर प्रारम्भिक उपचार गरेका थिए । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो ।
बुटवलमा पनि उपचार संभव नभएपछि माघ २१ ग्ते राति नै बुटवलवाट थप उपचारका लागि काठमाडौंस्ति कीर्तिपुर अस्पतालमा रिफर गरिएको थियो ।
तर, त्यहाँपनि उपचार संभव नहुने भनिएपछि गम्भीर जलनमा परेकी वलीलाई माघ २८ गे बेलुकी पाँच बजेतिर फेरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइ भर्ना गरिएको थियो ।
उनको मंगलबार बिहान साढे सात बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

