सल्यान, माघ २८ । आगलागीले क्षति भएको ठाउँलाई पुनर्निर्माण गरि सल्यान दोस्रो बृहत महोत्सव पुनः संचालन गरिने भएको छ ।
शनिबार राति श्रीनगर महोत्सवमा भएको आगलागी र क्षतिको सम्बन्धमा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले आयोजक र प्रहरी संग छलफल गरेर सो कुराको निष्कर्ष निकालिएको हो ।
आगलागी पीडित व्यवसायीलाई राहतको लागि शारदा नगरपालिकाले पहल गर्ने मेयर भण्डारीले बताउनुभयो ।
छलफलमा आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानका पदाधिकारी र सल्यान जिल्ला प्रहरी प्रमुखको उपस्तिथि रहेको थियो ।
प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार ५४ जना व्यवसायीका ७७ वटा स्टलहरु आगलागीले पुर्ण रुपमा क्षति भएका छन् ।
आगलागीबाट करिब ४ करोडको क्षती भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आगलागीको कारण भने प्रहरीले छानविन गरिरहेको जनाएको छ र अहिलेसम्म संकास्पद १६ जना जतिलाइ छोधपुच्छ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।