२०८२ कार्तिक २५ गते मङ्गलवार

बिहे भोजको उल्लासमा मदिराले मातेहरुका बीचमा झगडा – १८ बर्षे किशोरको गयो ज्यान

दाङ, माघ २८ । बाँकेमा बिहेभोजको उल्लासमा मदिराले मातेका ब्यक्तिहरु बीच लफडा हुँदा घाइते भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका – ८ पुष्पनगर बीचलाइनका १८ बर्षीय दिनेश रोकायाको उपचारका क्रममा लखनउमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाँकेमा उपचार संभव नभएपछि रोकायालाई लखनउ रिफर गरिएको थियो । उनको आइतबार बिहान ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले जानकारी दिए ।

रोकायामाथि मदिराले मातेका बैजनाथका – २ का ३५ बर्षीय रामबहादुर रानाले धारिलो हतियार प्रहार गरेको आरोप लागेको प्रहरीले जानकारी दिएको छ ।

बैजनाथ गाउँपालिका – ८ पुष्पनगर बीचलाइनका सुवास बुढाले माघ २५ गते वडाकै टिटीरियाबाट दुलही भित्र्याएका थिए । सोही खुसियालीमा दुलाहकै घरमा बिहे भोज चलिरहेको थियो ।
बिहेभोजमा मध्यराति मदिराले मातेकाहरुका बीचमा बिबाद सुरु भएको थियो । बिबाद पछि मातेका मानिसहरुका बीचमा आपसमा कुटाकुट चलेको थियो ।

जस्मा थप पाँच जना घाइते छन् । अन्य सबै घाइते आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचार पछि डिस्चार्ज भइ सकेको प्रहरीले बताएको छ ।

दिनेशमाथि धारिलो हतियार प्रहार गरेको अभियोगमा प्रहरीले रामबहादुर रानासहित थप पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा बैजनाथ – ८ का १८ बर्षीय सुजन बुढा, बैजनाथ –६ का १८ बर्षीय भिजन नेपाली, बैजनाथ – २ की ३० बर्षीया मनिषा राना, दाङको बबई गाउँपालिका – ६ की २७ बर्षीया अमृता डाँगी र जाजरकोटको शिवलाय गाउँपालिका –७ का २९ बर्षीय हिमबहादुर बुढा रहेका छन् ।

घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरी जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *