२०८२ असार ३१ गते बुधवार

घोराहीका रसाइली झन्डै ४० तोला सुनसहित पक्राउ

तुलसीपुर, माघ २७ । दाङको घोराही उपमहानगरपालिका – १४ मिलन चोकका २५ बर्षीय रञ्जित रसाइली झन्डै ४० तोला सुनसहित पक्राउ परेका छन् ।


माघ २५ गते बेलुका ६ बजेतिर घोराही – १५ ट्राफिक चोक बाट सुनसहित पक्राउ परेका रसाइलीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।


रसाइलीको साथबाट दुई वटा सुनको सिक्री, एउटा सानो सुनको डल्लो बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद पहँलो धातु सुन पलसमा चेकजाँच गराउँदा सुन नै भएको पुष्टि भइ सकेको छ ।

रसाइलीबाट बरामद भएको सुन तौल गर्दा जम्मा ४९७ ग्राम ४ मिलीग्राम पुगेको प्रहरीले जानकारी दिएको छ । सुन बाहेक रसाइलीको साथबाट एक लाख सात हजार आठ सय नगदपनि बरामद भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार रसाइली बीचमा भरियाको काम गर्ने ब्यक्तिको रुपमा बिगतदेखि नै परिचालन हुँदै आएको कुरा अनुसन्धानबाट खुलेको छ ।

‘ रसाइलीले त्यो सुन बुटवलबाट ल्याएको प्रहरी समक्ष बयान गरेका छन् ।

रसाइलीले बिभिन्न ब्यबसायीको माग बमोजिम सुन ओसार पसार गरि गुपचुपमा बिक्री गर्दै आएको कुरा खुलेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

गोप्य सूचनाका आधारमा खटिएको शाधा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेका थिए । रसाइलीलाई लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
रसाइलीमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *