२०८३ असार २७ गते शनिवार

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

प्युठान,माघ २७ । प्युठानमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगर पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको टोलीले शनिवार साँझ पक्राउ गरेको हो।

थापाले १३ वर्षीया बालिकामाथि बिहीबार बलात्कार गरेको उजुरी छ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *