दाङ, माघ २७ । सल्यान महत्वमा आगलागी भएको छ । आगलागी बाट मेलाका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन ।
जिल्लाको शारदा नगरपालिका – १ श्रीनगरमा माघ १८ गतेदे िखजारी दोस्रो बृहत सल्यान महोत्सवमा शनिबार राति ११ बजेतिर एकाएक आगलागी भएको थियो । त्यो आगलागी बाट मेलाका सम्पूर्ण सामानहरु जलेर ध्वस्त भएका हुन ।
महोत्सवमाको ८ औं दिन राति ११ बजेतिर आगलागी भएको र सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशव न्यौपानेले जानकारी दिए ।
११ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन झन्डै तीन साढे तीन घन्टा लागेको डिएसपी न्यौंपानेले बताए । आगलागीको कारण एकीन भइ नसकेपनि प्रहरी विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने आशंका प्रहरीको छ ।
सल्यान मेलामा झन्डै डेढ सय स्टलहरु रहेका थिए । मेलामा स्टल राखेका ब्यापारीहरु रातिमा सुत्न बाहिर जाने गर्थै । मेलाको रेखदेखको लागि रातिमा मेलाका ठेकेदारका आफ्नै मान्छेका साथै प्रहरी पनि खटिदै आएको थियो ।
मेला अबलोकनका लागि दर्शकहरु निकै कम जाने गरेको थिए । मेला घाटामा जाने आँकलनहरु हुँदै आएका थिए ।

