तुलसीपुर, माघ २६ । शनिबार दाङको दंगीशरण गाउँपालिका – ३ चखौरामा आयोजित अन्तर प्रदेशस्तरिय थारु सांस्कृतिक सम्मेलन तथा महोत्सव, मटावाँ, बडघर, भलमन्साहरुको अधिबेशनलाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउँदा थारु समुदायमा उल्लास छाएको थियो ।
नेपालमा पहिलो पटक थारुको छोरा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउनु काँग्रेस सभापति देउवाकै देन थियो ।
२०५७ सालताका देउवाले नै कमैंया मुक्तिको आन्दोलनमा देउवाले सघाएका कारण दुई लाख कमैयाले मुक्तिको स्वास फेर्न पाएको भन्दै कार्यक्रममा सम्बोधन गर्ने अधिकाँस थारु अगुवा र बुद्धिजिवीले बताएका थिए ।
देउवा दाङ आउँदा कैलीदेखि कञ्चनपुरसम्मका थारु अगुवाहरुको जमघट रहेको छ । कार्यक्रममा बिभिन्न जिल्लाका थारुहरुले आफ्नो कला संस्कृति झल्कने मौलिक नृत्य तथा प्रस्तुतीहरु राखेका थिए ।
चखौरास्थित थारु सग्राहलयमा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेश)को ३०औं साधारणसभा तथा छैठौं महाधिवेशन शुक्रबारदेखि सुरु भएको थियो ।