२०८१ चैत्र १२ गते मङ्गलवार

थारू कला,सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा


दंगीशरण,माघ २६ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

अन्तरप्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएता पनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए ।

सभापति देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेकाले यस समुदायका अगुवाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गरे । सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेका केन्द्रिय सदस्यहरु बालकृष्ण खाँड, दिपक गिरि, गेहेन्द्र गिरि, प्रदेश सभापति अमरसिह पुनलगायतले सम्बोधन गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पश्चिम नवलपरासिदेखि कञ्चनपुरसम्मका थारु बडघर, मटहवाँको सहभागिता रहेको छ ।

यस अवसरमा एक सय चालिस समूहका विविध संस्कृति र परम्परा झल्कने प्रस्तुति रहने छन् ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *