२०८१ चैत्र १२ गते मङ्गलवार

रेडक्रस सोसाइटी बिजौरी उपशाखाको सभापतिमा पुनः रेग्मी

बिजौरी,माघ २६ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीको १३ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले बालकृष्ण रेग्मीलाई पुनः सभापतिमा चयन गरेको छ । रेग्मीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

शाखाको उपसभापतिमा मेनका शर्मा न्यौपाने, सचिवमा मुकेश वली, कोषाध्यक्षमा सागर रेग्मी, उपसचिवमा गोविन्द पार्दे, उपकोषाध्यक्षमा बिदुर गौतम चयन भएका छन ।

त्यस्तै महिला सदस्यमा मनकुमारी महत, खुल्ला सदस्यहरूमा अर्जुन कुमार रेग्मी, पदम बहादुर वली क्षेत्री, पशुपति भट्टराई र कपिलमणी लामीछाने चयन भएका छन ।

बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख खड्काले सामाजिक सेवा विस्तार र मानवीय सहयोगमा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताए ।

त्यस्तै कार्यक्रममा सचिव मुकेश वलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले विगतका वर्षमा शाखाले गरेका सामाजिक सेवाका गतिविधिहरू, विपद् व्यवस्थापन, रक्तदान कार्यक्रम लगायतका गतिविधिहरूको विवरण प्रस्तुत गरेका हुन ।

त्यस्तै कोषाध्यक्ष सागर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्थाका साथै आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *