२०८१ चैत्र १२ गते मङ्गलवार

रोल्पा जिप दुर्घटना : आमाको घटनास्थलमै मृत्यु, दुइ नाबालक छोरा गम्भिर घाइते

दाङ, माघ २६ । रोल्पामा बोलेरो जिप दुर्घटना आमाको घटनास्थलमै मृत्यु भएको छ भने उनका दुइ नाबालक छोरा गम्भीर घाइते भएका छन् ।

जिल्लाको गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्को घटनास्थलमै मृत्यु भएको छ भने उनका दुइ छोराहरु ३ बर्षीय सौरभ वली र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए ।

स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा दुबै बालकलाई प्रारम्भिक उपचार पछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो ।

त्यहाँ पनि उपचार संभव नभएपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि रिफर गरिएको डिएसपी लामाले बताए ।

शुक्रबार बेलुकी माडी गाउँपालिकाको घर्तीगाउँदेखि दाङको घोराही तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको सामान बेच्नका हिडेको बोलेरो जिप त्रिवेणी गाउँपालिका – ७ गाङमा दुर्घटनामा परेको थियो ।

जिप सडकदेखि झन्डै ६० मिटर मुनी खसेको प्रहरीले जानकारी दिएको छ ।

गाडीमा मृतक सीतासहित उनका दुई छोरा चालक र सहचालक गरी पाँच जना सवार थिए । चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयका अनुसार सीतका श्रीमान पूर्ण वलीपनि पेशाले शिक्षक नै हुन । श्रीमान गंगादेव गाउँपालिकाको एक विद्यालयमा र सीता रुन्टीगढी गाउँपालिकाको एक बिद्यालयकी स्थायी शिक्षिका थिइन ।

उनीहरु दुबै जना जुँगारमा आयोजित शिक्षक तालिमा सहभागि भइ आ–आफ्नो कार्यक्षेत्र तर्फ फर्किएका थिए ।

श्रीमान पुर्ण वलीले श्रीमती सीता र दुई छोरालाई रुन्टीगढी तर्फ जानका लागि दाङ तर्फ आउँदै गरेको गाडीमा बसालेर बिदाइ भएका थिए ।

उनी दुई किलोमिटर जति पर पुग्दा जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन् । प्रहरीले भने यसबारे बुझ्न बाँकी नै रहेको बताएको छ ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *