२०८२ असार २७ गते शनिवार

पार्टी सभापति देउवा आउने कार्यक्रममा उपस्थीतिका लागि कांग्रेस दाङको आग्रह


दाङ, माघ २५ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रममा उपस्थीतिका लागि नेपाली कांग्रेस दाङले आग्रह गरेको छ ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले शुक्रवार एक सूचना जारी गर्दै माघको २६ गते दंगीशरण गाउँपालिका–३ चखौरामा हुने कार्यक्रममा उपस्थीतिका लागि कांग्रेस, भातृ तथा शुभेच्छुक संघसस्थाका नेता तथा कार्यकर्तालगायत सर्वसाधारण नागरिकमा आग्रह गरेका छन ।

चखौरामा मटावाँ,बरघर,भलमन्सा संघको आयोजनामा माघको २६ गते अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सवलाई सम्वोधन गर्न पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री देउवा दाङ आउन लागेका छन ।

त्यसैगरी नेपाली कांग्रेस दाङले पार्टी सभापति शेरबहादुर देउवाको उपस्थीतिमा माघको २७ गते घोराहीमा कार्यक्रम गर्ने भएको छ ।

विहान ११ :४५ बजे घोराहीस्थीत नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा हुने उक्त कार्यक्रममा उपस्थीतिका लागि जिल्ला सभापति डाँगीले सम्पूर्णमा आग्रह गरेका छन ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *