तुलसीपुर, माघ २५ । दाङको बबई गाउँपालिका – ४ हापुरेका मृगौला रोगबाट पीडित भइ उपचार गराइ रहेका देबबहादुर सेवा (नेपाली) को उपचारका लागि रसियामा बस्ने नेपालीले आपसमा सहयोग संकलन गरि आर्थिक साहेता पठाएका छन् ।
नेपाली २०८० मा मलेसिया पुगेका थिए । त्यसअघि उनी हापुरे बजारमा पसल खोलेर टेलरिङको काम गर्थे ।
मलेसियाको एक कम्पनीमा सिक्यूरिटी गार्डको काम गर्ने नेपाली त्यहाँ पुगेको १४ महिना पछि बिरामी परेका थिए । सञ्चो नभएपछि देबबहादुर घर फर्किन बाध्य भए ।
दाङ, बाँके र काठमाडौंमा उपचार गर्दा उनको ठूलो धनराषि खर्च भइ सकेको थियो । काठमाडौं वीर अस्पतालमा चेकजाँच गर्दा नेपालीका दुबै मृगौलामा खराबी रहेको पत्ता लाग्यो । नेपालीको परिवारको आर्थिक अवस्था कमजोर थियो ।
त्यो थाहाँ पाएर दाङको बबई – ३ घर भइ हाल रसियामा बस्ने प्रेम नगवाग लगाएतले रसियामै आपसमा आर्थिक साहेता संकलन अभियान थाले । नेपाली दाजु भाइलाई भेटेर सहयोगका लागि याचना गरे । प्रेमकै पहलमा त्यहाँ रहेका उक सय ५९ जना नेपालीले आपसमा सहयोग संकलन गरे ।
८० हजार ९०० रुपैयाँ जम्मा भयो । त्यो रकम उनीहरुले नेपाल पठाए । माघ २४ गते यहाँ रहेका गाउँपालिका अध्यक्षसहित नेपालाी काँग्रेसका नेताहरुको रोहबरमा त्यो रकम देवबहादुरको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
बबइ गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री , नेपाली काँग्रेस बबइ सभापति प्रकाश बस्नेत , उपसभापति पिमलाल केसी , काँग्रेस क्षेत्र नं. ३ का सचिव पुर्णबहादुर केसी, नेपाल शिक्षक संघ दाङका सहसचिव निमबहादुर नेपाली, काँग्रेस बबइका सचिव द्वय गणेश केसी र खिमकान्त धिताल , क्षेत्र ३ सदस्य जयलाल वली, महिला नेत्री पार्बती खड्का, नेता मानबहादुर परियार, युवा नेता झुपु बुढा क्षेत्री र गौरी नगवाग उपस्थित भइ मृगौला रोगबाट पीडित देबबहादुरका आमा बुबालाई हस्तान्तरण गरेका थिए ।