दाङ, माघ २५ । संघीय सरकारका उद्योग मन्त्री दामोदर भण्डारी त्रिवेणी – ३ र ४ को सीमानामा भइ रहेको चुनढुँगा उत्खनन् बारे छिट्टै उचित निर्णय गरिने बताएका छन् ।
स्थानीय आन्दोलित भएपछि, उत्खनन्को चर्कौ बिरोध हुँदै आएपछि चुनढुँगा उत्खनन् स्थल त्रिवेणी – ३ र ४ को सीमानामा बिहीबार उनी आँफै पुगेका थिए ।
स्थानीयका गुनासोहरु सुनेपछि मन्त्री भण्डारीले स्थानीयको आन्दोलनका बारेमा पटक पटक स्थानीय त्रिबेणी गाउँपालिकाका प्रतिनिधि पुगेर समस्या समाधानका लागि आइदिन आग्रह गरेका कारण आँफु वास्तबिकता बुझन्का लागि आँफै आएको बताएका थिए ।
बस्तिको बीचमा चुनढुँगा संचालन गरिएको, नजिकै बिद्यालय रहेको , नजिकै बस्ति रहेको हुँदा जोखिम बढेको, वन जंगलको नाश भएको आँफुले प्रत्यक्ष देखेको उनले बताएका थिए ।
उद्योग वातावरण मैत्री, बालबालिका मैत्री, विद्यालय मैत्री र स्थानीयको जनजीविका मैत्री हुनुपर्ने मन्त्रीको जोड थियो ।
उत्खनन्का लागि बस्ति असुरक्षित, बाटो र बिद्यालय असुरक्षित हुने अवस्था देखिए अध्यनप्रतिबेदन आइ सकेपछि प्रधानमन्त्री संगपनि छलफल हुने उनले बताएका थिए ।
समस्या समाधान गर्नका लागि एउटा टोली गठन भइ सकेको भन्दै उनले त्यो अध्यन टोली तत्कालै आइ अध्यन प्रतिबेदन तयार पार्ने र प्रतिबेदनको निष्कर्ष अनुरुप काम हुने बताएका थिए ।’ अध्यन टोलीलाई दुइ हप्ता भित्रै अध्यन प्रतिबेदन बुझाउन समय सीमा तोकिएको हुँदा काम छिट्टै हुने उनले बताएका थिए ।
त्यस्तै मन्त्री भण्डारीले स्थानीय जनताको बस्तिलाई बेवास्ता गरेर उद्योग चल्न नसक्ने स्पष्ट पारेका थिए ।
‘यसबारे हामी सरोकारवाला सबै संग छलफल गर्छौं र यथोचित समाधानका उपाय निकाल्ने छौं,’ मन्त्रीले भनेका थिए ‘ यात यो बस्ती बस्नु पर्छ उद्योग बन्द हुनुपर्छ र यात उद्योग खुल्नु पर्छ यो बस्ती अन्त सर्नु पर्छ ।’
बस्ती सार्नु परेको खण्डमा उचित खालको क्षतिपुर्तिसहितको स्थान्तरणको ज्ञारेन्टी हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले त्यसको पहलकदमी लिनुपर्ने मन्त्री भण्डारीले बताएका थिए ।
त्रिबेणीको चुनढुँगा उत्खनन् बारे सर्बौच्च अदालतमा त्यसले प्रबेश पाएको हुँदा उत्खनन् हाल रोकिएको तथा आन्दोलनपनि रोकिएको हूँदा सर्बौच्चको फैसलाको पूर्ण पाठ आएपछि सरोकार वालाहरु सबै संग बसेर समस्या समाधानका लागि उचित पहल कदमी लिने मन्त्री भण्डारीले आश्वासन दिएका थिए ।
मंगलबार मात्रै रोल्पाको निर्वाचन क्षेत्र २ बाट नेकपा (माओबादी केन्द्र) बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री दीपेन्द्रकुमार पुन मगर ‘सिजल’ले त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) बाट अध्यक्षमा कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा नेपाली कांग्रेसका लेखमणि डाँगी निर्वाचित भएपछि उद्योग सञ्चालक संग दुई करोड घुस मागेको प्रदेशसभामा आरोप लगाएका थिए ।