२०८२ असार ३० गते मङ्गलवार

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु


पाल्पा,माघ २४ । पाल्पाको माथागढी गाउँपालिकाको रहवासबाट चुन ढुगां बोकेकोे टिप्पर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

रहवासबाट चुन ढुगां लिएर रुपन्देहीको खैरेनीतर्फ जादै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर माथागढीको सुर्काबासमा बुधबार दुर्घटना हुँदा रुपन्देही देवदहका ३१ वर्षिय सुनिल गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *