२०८२ साउन १ गते बिहिवार

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पूर्व मन्त्रीका बिरुद्ध किन उत्रिए ?

दाङ, माघ २३ । रोल्पाको त्रिवेणी गाउँपालिकाको कर्णबहादुर बाँठा मगर र उपाध्यक्ष लेखमणि डाँगीले लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन मगर (सिजल)लाई आँफुहरुले घुस मागेको भन्ने कुराको पुष्टि गर्न चुनौति दिएका छन् ।

लुम्बिनी प्रदेशसभामा मंगलबार रोल्पाको निर्वाचन क्षेत्र २ बाट निर्वाचित नेकपा (माओबादी केन्द्र)का नेता समेत रहेका सिजलले नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष मगर र नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष डाँगीले ब्यबसायी संग दुई करोड घुस मागेको बताएका थिए ।

त्रिवेणी गाउँपालिका – ३ रानागाउँमा रोल्पा चुनढुँगा प्रालि र शिवस्वरुप खनिज उद्योग प्रालिले उत्खनन्को काम गर्दै आएका छन् । अहिले पनि बुढागाउँ क्षेत्रमा उत्खनन्को काम ब्यबसायी पिएल संघाइले गरि रहेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका माओबादी नेता सिजलले गाउँपालिका अध्यक्ष मगर र उपाध्यक्ष डाँगी निर्वाचित भएपछि काठमाडौंमा संघाइलाई भेट्न गएको र
उनीहरुले चुनावमा खर्च भएको भन्दै दुई करोड घुस मागेको भएपनि नदिएपछि आन्दोलन चर्काएको आरोप लगाएका थिए ।

गाउँपालिका अध्यक्ष मगर र उपाध्यक्ष डाँगीले संघाइलाई उत्खनन्को काम प्रेम पुनले गर्दै आएको हुँदा पुनबाट काम खोसेर आँफुहरुलाई दिन प्रस्ताब गरेपनि संघाइले अस्विकार गरेपछि झनै उनीहरु आक्रोसित भइ आन्दोलन चर्काएको आशय ब्यक्त गरेका थिए ।

प्रतिपक्षी दल माओबादीका नेता तथा प्रदेशसभामा सदस्य सिजलले बोलेको त्यही कुराको गाउँपालिका अध्यक्ष मगर र उपाध्यक्ष डाँगीले आरोप पुष्टि गर्न संयुक्त बिज्ञप्ती मार्फत चुनौति दिएका हुन ।

प्रदेशसभा सदस्य सिजलले आँफुहरुको चरित्र हत्या गर्ने, मानहानी गर्ने, त्रिवेणी बासी जनताको अपमान गर्ने काम गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *