२०८२ कार्तिक २१ गते शुक्रवार

तुलसीपुरबाट थप दुई युवा ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर, माघ २३ । तुलसीपुरबाट थप दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।


सल्यानको बागचौर नगरपालिका – २ भर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका – ५ रानी जरुवा बस्दै आएका २७ बर्षीय प्रबिन सुनार ब्राउन सुगरसहित पक्राउ परेका हुन ।


माघ १३ गते राति साढे ९ बजेतिर सुनार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार सुनारको साथबाट ५ ग्राम ७२० मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो ।

उनको साथ बाट नगद एक लाख २४ हजार तीन सय ९५ रुर्पैया बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ ।


सुनार भन्दा पहिला सोही दिन दिउँसो साढे ४ बजेतिर तुलसीपुर – ५ ज्योतिनगर टोलका २१ बर्षीय पूर्णबहादुर बाँठा मगर प्रक्राउ परेका थिए । मगरको साथबाट १ ग्राम ३३० मिलीग्राम ब्राउन सुगर र नगद ४२ हजार सात सय बरामद भएको प्रहरीले जानकारी दिएको छ ।


माघ १२ गते मात्रै तुलसीपुर उपमहानगरपालिका – ६ का २१ बर्षीय सन्तोष बिक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

उनको साथबाट १२० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *