२०८२ असार २४ गते बुधवार

तुलसीपुरका सन्तोष ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर, माघ २३ । तुलसीपुरका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।


तुलसीपुर उपमहानगरपालिका – ६ का २१ बर्षीय सन्तोष बिक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका हुन ।


माघ १२ गते पक्राउ परेका भनिएका बिकलाई इलाका प्रहरी कार्यालले बुधबार सार्वजनिक गरेको छ ।


तुलसीपुर– ६ स्थित खैराबाङ मन्दिर तर्फ जाँदै गरेका बिकलाई उक्त दिन दिउँसो साढे ३ बजेतिर आशंका लागेर चेकजाँच गर्दा कुल चारवटा पुडिया बरामद भएको इप्रका तुलसीपुरका प्रबक्ता सुर्य रानाले जानकारी दिएका छन् ।


बिकबाट प्राप्त ब्राउन सुगर तौल गर्दा १२० मिलीग्राम रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका बिक उपर म्याद थप भइ थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *