दाङ , माघ,२३ । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै २५ जना नगर प्रहरी नियुक्त गरेको छ ।
पूर्व प्रहरी डिएसपी सुर्यबहादुर केसी नगर प्रहरी प्रमुख अर्थात निरीक्षक पदमा नियुक्त भएका छन् । जस्मा नगर प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवान लगाएत २५ जना छन ।
उनीहरु सबै नेपाली सेना, नेपाल प्रहरी र शसास्त्र प्रहरी सेवामा पहिला काम गरेकाहरु हुन । नगर प्रहरीलाई एक हप्ता आन्तरिक तालिम दिएर बुधबार दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारका काम कर्तव्य र अधिकार अन्र्तगत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुश गरि उनीहरुलाई नियुक्त गरिएको बताए ।
सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तिको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदी जन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा खटाउन नगर प्रहरी भर्ना गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

