देउखुरी, माघ २२ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री, मन्त्रिहरुका स्वयकीय सचिवहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ
मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यले अभिमुखीकरण कार्यक्रमको मंगलबार उद्घाटन गर्दै प्रदेश सरकारले सम्पादन गरेका कामहरुलाई जनस्तरमा प्रभावकारी रुपमा पु¥याउन निर्देशन दिए ।
प्रदेश सरकारले नागरिकको दैनिक जीवन संग जोडिएका थुप्रै कामहरुलाई कार्यान्वयन गरिरहेको, त्यसलाई जनस्तरमा पु¥याउन, प्रदेशलाई स्थापित गर्ने सवालमा ध्यान दिएर काम गर्न निर्देशन दिएका हुन ।
नागरिकको आवश्यकता र चाहना अनुसार प्रदेश सरकारले बार्षिक तथा आवधिक योजनाहरु निर्माण गरेर अघि बढेको भन्दै उनले समुदाय तहबाट आउने सुझाव र गुनासाहरुलाई सम्वोधन गर्नेगरी सरकारले काम गरिरहेको दाबी गरे ।
एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको भएको थियो ।
एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसीप्रसाद चौधरी, प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सचिवालयको काम, कर्तब्य र जिम्मेवारीको बारेमा प्रशिक्षण दिनेछन ।