तुलसीपुर, माघ २१ । तुलसीपुरको एक पुरानो र प्रतिष्ठित विद्यालय ‘तुलसी आवासिय बोर्डिङ स्कुल’ तुलसीपुरले सोमबार अघिल्ला बर्षहरु जस्तै यो बर्षपनि सरस्वती पूजाको आयोजना गरेको छ ।
तुलसी बोर्डिङले आयोजना गरेको सरस्वती पूजामा तुलसीपुर क्षेत्रका भिआइपी र बिशिष्ट ब्यक्तिहरु पनि पुगे ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा लुम्बिनीका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेकपा (माओबादी केन्द्र) का नेता तथा लुम्बिनीका पूर्व अर्थमन्त्री धनबहादुर मास्की, नेकपा (एमाले) की नेतृ तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वली, नागरिक समाज दाङका पूर्व संयोजक टीकाराम खड्का, प्रतिष्ठित ब्यबसायी चिरञ्जिबी रिजाल लगाएत बिभिन्न संघ संस्थाका युवा नेताहरु पनि त्यहाँ पुगेका थिए ।
स्कुलका संस्थापक प्रिन्सिपल भिष्मबहादुर केसी, छोरा तथा बालरोग बिषेशज्ञ डा. किशोर खत्री लगाएतले अतिथिको स्वागत गरेका थिए ।
विद्यालय प्राङगणमा स्थापना गरिएको सरस्वतीको प्रतिमा विद्यार्थी लगाएत अतिथिले बिद्याकी अधिष्ठात्रीदेबी सस्वतीको पूजा आरधना गरेका थिए ।
तुलसी माविले एसएलसी परीक्षमा एक दर्जन पटक मध्यपश्चिममा सबै भन्दा उत्कृष्ट नतिजा प्राप्त गरि पुरस्कार प्राप्त गरि सकेको बिद्यालय हो ।