२०८२ असार २७ गते शनिवार

ब्यक्ति हत्याका आरोपी ठकुरी पक्राउ

दाङ, माघ २० । ब्यक्ति हत्याका आरोपी एक युवकलाई शनिबार राति बाँके प्रहरीले पक्राउ गरेको छ ।


नेपालगञ्ज उपमहानगरपालिका – ११ टाँगास्टेसन नजिकै स्थानीय ३० बर्षीय इसाद कबडियालाई खुकुरी प्रहार बाट हत्या भएको थियो । गत असार २८ गते राति पौने ११ बजेतिर कबडियाको हत्या भएको थियो ।

त्यो घटनाको आरोपी जाजरकोट जिल्लाको कुसे गाउँपालिका – ८ का २३ बर्षीय जगतसिंह ठकुरी फरार रहँदै आएका थिए ।
शनिबार राति दश बजेतिर नेपालगञ्ज उपमहानगरपालिका – ४ बसपार्कस्थित अछामी गेष्ट हाउसवाट ठकुरी पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी आयुशप्रशाद जोशीले जानकारी दिएका छन् ।

ठकृुरी माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *